आशिष अधिकारी-
भरतपुर २८,कार्तिक । भरतपुर महानगरपालिकाले एसओएस बालग्राम नेपाल तथा स्विस स्वोलिडारिटीको आर्थिक सहयोगमा संचालित शिक्षामा समान पहुँच अभिबृद्वी गर्दै शैक्षिक गुणस्तर अभिबृद्वि तथा पुनर्स्थानशिल प्रवर्द्धन अर्ने परियोजनाको अनुगमन गरेको छ ।
परियोजनाले महानगरको वडा नम्बर ६,७ र ८ मा रहेका ६ वटा सामुदायिक विद्यालयहरुमा विभिन्न शैक्षिक कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिबृद्विका लागि काम गर्दै आइरहेको छ । शैक्षिक कार्यक्रम सन्चालन भएका विद्यालयहरुमा श्री माध्यमिक विद्यालय इन्द्रपुरी,सिद्वेस्वर आ बि,सहिद स्मृति मा बि,गौरिगज्ज मा बि,शरदपुर मा बि र कृष्णपुर मा बि रहेका छन् । नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा निस्किएको अनुगमन टोलिले परियोजना मार्फत प्राप्त भएका ईन्टरनेट प्रबिधिका सामाग्रीहरुको प्रयोग भए नभएको सूक्ष्म ढंगबाट अनुगमन गरेको छ ।
परियोजनाले विद्यालयमा विद्यालय पोशाक,शैक्षिक सामाग्री,दिवा खाजा,अतिरिक्त कक्षाका विद्यार्थीलाई खाजा,शिक्षाको महत्त्व दर्शाउने सामाग्री भित्तेलेखन,जोखिम तथा आर्थिक अवस्था कमजोर रहेका अभिभावक तथा परिवारलाइ जिविकोपार्जनमा सहयोग गर्दै आइरहेको छ,एसओएस बालग्राम नेपाल भरतपुरका निर्देशक राजेन्द्र लम्सालले भन्नुभयो”यो चितवन र भरतपुर महानगरका लागि ठुलो उपलब्धि हो ।” त्यस्तै परियोजनाले विद्यालयको शौचालय तथा खानेपानी मर्मत,स्यानिटरी प्याड बितरण,फर्निचर सहयोग,विद्यालय स्तरीय साइबर सुरक्षा तथा अनलाइन सामाग्री सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम,प्राथमिक उपचार सम्बन्धि तालिम सन्चालन गरि विद्यार्थीको सिकाइमा थप टेवा पुग्ने गरि काम गर्दै आइरहेको परियोजना सयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।
परियोजना शुरु भएको साढे दुई बर्ष भयो केसीले भन्नुभयो,यसबाट यो क्षेत्र कै महत्त्वपूर्ण शैक्षिक बिकास भएको छ । परियोजना मार्फत विद्यालयमा विद्यार्थी फर्कने,रहने तथा भर्ना सख्यामा वृद्धि गर्ने,विद्यार्थीहरुको सुरक्षामा विद्यालयको स्थितिमा सुधार गर्ने,उपयुक्त रणनीति मार्फत सिकाइमा भएको क्षतिलाइ सम्बोधन गर्ने,विद्यालयलाइ बिपदको पुर्व तयारीको सीप प्रदान गर्ने,शिक्षक तथा विद्यार्थीलाई सामाजिक भावनात्मक सिपहरु सिकाउने जस्ता कार्यहरु गरिदै आइएको छ ।
भरतपुर ६ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बिबिशा पौडेलले परियोजनाले हाम्रो विद्यालय जिवनमा कायापलट हुने गरि आमूल परिवर्तन ल्याइदिएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र उत्सब मिश्रले पनि परियोजनाले विद्यार्थी,अभिभावक र शिक्षकको दैनिक जिवनमा राम्रो प्रभाव पारेको अनुभव गर्न पाउँदा आफुलाइ निकै भाग्यमानी भएको महसुस गरेको तर्क राख्नुभयो । यसका अलवा परियोजनाले भरतपुर ६ चोकबजारमा ९० हजार अनुदान सहयोगमा एकल महिलालाई लक्ष्यित गर्दै खाजा तथा किराना पसल पनि सन्चालन गरेको छ ।
अनुगमनमा नगर शिक्षा अधिकारी सुवास आचार्य,स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, र परियोजना सन्चालन भएका विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियोे । सन् २०२२ जुन बाट शुरु भएको परियोजना २०२५ जुनमा सकिदै छ ।–00—