ललितपुरको हात्तीवनस्थित सडकमा भ्वाङ पर्दा बस नै फस्यो

काठमाडौं, १२ असोज। ललितपुरको हात्तीवनस्थित सडकमा बस भासिएको छ ।

ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ ।

 

बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।

 

सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ढाकिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन । शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो । ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् ।

Share:

सम्बन्धित समाचारहरु