देवघाट स्थित जयभोले कुटी (थारु कुटी र अखण्ड धर्मशालाबाट १ सय जनालाई उद्धार

चितवन, १२ असोज । नारायणी नदीले देवघाटमा खतराको तह नाघेपछि भरतपुर महानगर वडा नं. २ देवघाट स्थित जयभोले कुटी ( थारु कुटी) र अखण्ड धर्मशालाबाट १ सय जनालाई उदार गरी सुरिक्षत स्थानमा राखिएको चितवन प्रशासनले जनाएको छ ।

बाढी पस्ने सम्भावनालाई मध्येनजरगर्दै कुटी र मर्धशालामा बस्ने १ सयजना मानिसलाई प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार शाहको कमाण्डमा खटिएको टोलीले स्थानीय व्यक्तिहरुको सहयोगमा मारवाडी समाजको भवनमा उद्धार गरी लगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जलसतह अझै बढ्दो क्रममा छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले जलसतह १० दशमलव ५७ मिटर नाघिसकेको देवघाट जलसहत मापन केन्द्रले जनाएको छ ।

नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२।७२ मिट पुगेको छ । नारायणी लगायत विभिन्न १३ वटा नदी तथा खोलामा बाढीले खतराको तह नाघेको छ ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु