चितवन, ११ असोज । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर १ वटा जिसिवी र १ वटा स्काभेटर बगाएको छ।
यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका १ वटा स्काभेटर र १ वटा टिपर पनि बगाउने जोखिममा छन्।
यी साधनलाई नदीको पानीले घेरेको छ। पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ। सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।–00–


