चितवन फोटोग्राफी संघको ४१ औं साधरण सभा सौराहामा आयोजना हुँदै

चितवन, २९ चैत्र । चितवन फोटोग्राफी संघको ४१ औं साधरण सभा आज सौराहामा आयोजना हुँदैछ ।

आजको आवश्यककता फोटोग्राफरहरुको एकता र गुणस्तरिय सेवा हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ सौराहा स्थित गैरिबारी रिसोर्टमा आयोजना साधरण सभा हुन लागेको हो ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुहुने कार्यक्रममा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै चितवन फोटोग्राफी संघले निर्माण गरेको भित्तेपात्रो सार्वजनिक गर्ने कार्यक्रम रहेको चितवन फोटोग्राफी संघका अध्यक्ष धुब्र सापकोटाले जानकारी दिए । साधरण सभामा संस्थाको आर्थिक प्रतिवेदनसँगै अहिले सम्म संस्थाले गरेको कामको विषयमा समिक्षा समेत हुनेछ ।

२०३७ सालमा स्थापना भएको चितवन फोटोग्राफी संघ चितवनका फोटोग्राफरहरुको छातासंस्था हो ।–00–

Share:

सम्बन्धित समाचारहरु