कालिका नगरस्तरीय लघु नाटक प्रतियोगितामा भीमोदय नमुना माध्यमिक विद्यालय प्रथम

कालिका, ११ असोज । राष्ट्रिय माध्यमिक विद्यालय शमीपुर अन्तर्गत शमीपुर बाल समूहले आयोजना गरेको नगरस्तरीय लघु नाटक प्रतियोगिता २०८१ मा वडा नं. ५ स्थित भीमोदय नमुहना माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै कालिका वडा नं. ६ स्थित पृथ्वी माध्यमिक विद्यालय द्धितीयहुन सफल भयो । वडा नं. २ स्थित आधारभूत विद्यालय सहपुर प्रतियोगीतामा तृतीय हुन सफल भयो । वडा नं. १ स्थित आयोजक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय शमीपुर सान्त्वना स्थान हात पार्यो ।

नगर क्षेत्रभित्रका ११ वटा विद्यालयले प्रतियोगितामा सहभागीता जनाएको थियो ।

शमीपुर वाल समुहकी अध्यक्ष स्वस्तिका चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, वडा न. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मणप्रसाद पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपक वहादुर भट्टराई, शिक्षा निर्देशक गंगाधर रिमाल, समावेशी शिक्षा परियोजना प्रतिनिधि रेनुका ढकाल, कायृक्रम संयोजक सुदिप श्रेष्ठ लगायको उपस्थिती थियो ।

—-00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु