कालिका, २ असोज । आधारभूत शिक्षा परीक्षा, माध्यमिक शिक्षा परीक्षा (एसइई)र कक्षा १२ को बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कालिका नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सामुदायिक र संस्थागत विद्यालयवाट परीक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई नगद चारहजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरेको हो । यसैबीच नगरक्षेत्रभित्रका ३ वटा विद्यालयलाई समेत नगरपालिकाले सम्मान गरेको छ । दोसल्लासहित प्रमाणपत्र र मायाको चिनोले सम्मान गरेको हो ।नगरक्षेत्रभित्रको विद्यालयहरुमा उत्कृट अंक ल्याएर पास गराउन सफल तीनवटा विद्यालयलाई सम्मान गरेको हो । सम्मानितहुनेमा कालिका वडा नं. १ स्थित शमीपुर माध्यमिक विद्यालय, कालिका वडा ४ स्थित चित्रवन स्कुल, र वडा नं. ५ स्थित भीमोदय नमुना माध्यमिक विद्यालय रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले सबैको सहकार्यले मात्रै शैक्षिक क्षेत्रको विकासहुनेमा जोड दिनुभयो । आगामी दिनमा नगरक्षेत्रभित्रका विद्यालयहरुले अझै थप मेहनतगर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अभिभावकहरुको तर्फवाट कृष्णप्रसाद गजुरेलले बोल्नुभएको थियो ।
समानितहुने विद्यार्थीहरुको विवरणः
यस्तै सम्मानितहुने विद्यार्थीहरुको तर्फवाट चित्रवन स्कुलकी रेश्मा पोख्रेल र शमीपुर माध्यमिक विद्यालयका प्रतिक चालिसेले अभिभावक, शिक्षकहरुको साथ स्पोर्टका कारण आफुहरुले राम्रो जिपिए ल्याएर पास हुन सफल भएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, कालिका वडा न.. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछाने लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पद्धाधिकारीहरु, शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिहरुको उपस्थ्तिी थियो ।
शिक्षा अधिकृत चन्द्र शर्माले संचालनगर्नुभएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख गंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सामाजिक विकास समिति प्रमुख एवम् वडा नं ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।–00—