विद्यार्थी यौन दुर्व्यवहारको आरोपमा चितवनको गंगानगर माविका दुई शिक्षक पक्राउ

चैत २६ चितवन। बाल यौन दुर्व्यवहारको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षकलाई पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ हुनेमा भरतपुर महानगरपालिका १३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् । भट्टराईविरूद्ध सो विद्यालयमा कक्षा ४ मा पढ्ने छात्रा र देवकोटाविरूद्ध कक्षा ६ मा पढ्ने छात्राका अभिभावकले आरोपित शिक्षकहरुविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दिएका थिए ।

उनीहरुविरुद्ध पढाउने बाहाना बनाई दुई नाबालिकको संवेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाएर बाल यौन दुर्व्यवहार गरेको आरोप छ । जाहेरीको आधारमा दुबैजना शिक्षकहरुलाई बिहीबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु