कालिका, २८ भदौं । ६० औं राष्ट्रिय बालदिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा आयोजना गरिएको बाद विवाद प्रतियोगितामा चक्रदेवी आधारभूत विद्यालयका अप्सन गुरुङ प्रथम भएका छन् । उनले बालबालिकालाई सम्पति भन्दा शिक्षा ठूलो विषयक वादविवाद प्रतियोगितामा विपक्षी भएर आफ्नो प्रस्तुती दिएका थिए ।
कालिका नगर स्तरीय अन्तर विद्यालय वादविवाद प्रतियोगितामा रेडक्रस माध्यमिक विद्यालयकी राधिका चेपाङ द्धितिय भएकीछन् । उनले विपक्षी भएर आफ्नो प्रस्तुती दिएकी थिइन । यस्तै पृथ्वी माध्यमिक विद्यालयकी मुना सुवेदी तृतिय भइन । उनले पक्षमा रहेर आफ्नो प्रस्तुती दिएकी थिइन ।
सिद्धि विनायक आवासीय माध्यमिक विद्यालयका रिदम अधिकारीले सान्त्वना स्थान हात पारे । यिनले पनि पक्षमै रहेर आफ्नो प्रस्तुती दिएका थिए । प्रतियोगिताको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, नगर शिक्षा निर्देशक ंगंगाधर रिमाल, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रकाशचन्द्र अर्यालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो भने सहायक प्रधानाध्यापक भवानी सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा नगर क्षेत्रभित्रका २० वटा विद्यालयका ३८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कक्षा ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
कालिका नगरपालिकाको आर्थिक सहयोगमा पृथ्वी माध्यमिक विद्यालयले कार्यक्रम आयोजना गरेको हो ।–00—