कालिका, २० भदौं । अटिजम केयर चितवन सोसाइटीले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा कार्यगत सीमितताको प्रारम्भिक पहिचान भएका बालबालिकाहरूको लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
युके ऐड को आर्थिक सहयोग,ह्याण्डिक्याप इन्टरनेश्नलको प्राविधिक सहयोग, भरतपुर महानगरपालिका र कालिका नगरपालिकासंग को समन्वय र सहकार्यमा सञ्चालित सञ्चालित समावेशी शिक्षा परियोजना अन्तरगत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । वाशिङटन प्रश्नावलीको माध्यमबाट प्रारम्भिक पहिचान गरिएका सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकास देखी कक्षा ८ सम्मका र विद्यालय बाहिरका गरी जम्मा ४२६ जना बालबालिकाहरू शिविर बाट लाभान्वित भएका छन् ।
शिविरमा बालरोग विशेषज्ञ, आँखा, नाक कान घाँटी, बाल मनोवैज्ञानिक र फिजियोथेरापी सेवाहरू उपलब्ध गराइएको थियो साथै महिला तथा बालबालिका शाखाबाट अपाङ्गता परिचयपत्र वितरणको लागि सहजिकरण समेत गरिएको थियो । शिविर भदौ १६ गते देखी १९ गते सम्म भरतपुर महानगरपालिकाको तीन स्थान र कालिका नगरपालिकाको १ स्थान गरी चार स्थानमा सञ्चालन गरिएको थियो ।
स्वास्थ्य शिविरबाट आँखाको चेकजाँच २४५, नाक कान घाँटीक १४६, फिजियोथेरापी ४४ र बाल मनोवैज्ञानिक परामर्श सेवा ९७ जनाले लिएको कुरा अटिजम केयर चितवन सोसाइटीका अपाङ्गता समवेशी अधिकृत सुशिल मगरले जानकारी दिनु भयो साथै परियोजनाले आवश्यकता अनुसारको सम्प्रेशण सेवा पनि प्रदान गरिरहेको छ । समावेशी शिक्षा परियोजनाले भरतपुर महानगरपालिका र कालिका नगरपकालिकाका १४५ ओटा सामुदायिक विद्यालयमहरूमा काम गरिरहेको छ ।




—-000—


