भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

कास्की, १६ भदौ ।

भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । अब गण्डकीमा मन्त्रालयको संख्या नौ पुगेको छ । हाल कायम रहेका सातमध्ये उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्यलाई नयाँ मन्त्रालय कायम गरिएको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यकता, कार्यभार र औचित्यताको आधारमा मन्त्रालय विभाजन गरिएको बताए ।

अहिले गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित सामाजिक विकासमा विन्दुकुमार थापा, भौतिक पूर्वाधारमा दीपक मनाङे ९राजीव गुरुङ०, ऊर्जा, जलस्रोत तथा खानेपानीमा फणिन्द्र देवकोटा र अर्थ मन्त्रालयमा डा। टकराज गुरुङ मन्त्री छन् ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने मुख्यमन्त्री आफैँले सम्हालेका छन् ।

मन्त्रालयको संख्या ९ बनाएसँगै नेकपा ९एमाले० चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । तर, उसले कुन मन्त्रालय लिने भन्ने टुंगो लागिसकेको छैन ।
एमालेबाट चार मन्त्री थपिँदा कार्यविभाजन पनि हेरफेर हुने भएको छ । एक–दुई दिनभित्रै एमाले सरकारमा सामेल हुने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

कांग्रेसको भागमा मुख्यमन्त्रीसहितको पाँच मन्त्रालय परेका छन् । तर, अब कांग्रेसबाट नयाँ मन्त्री थपिने छैनन् । किनभने कांग्रेसको भागमा परेका मन्त्रालयमध्ये तीनजना कांग्रेसबाटै मन्त्री बनेका छन् । बाँकी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित दीपक मनाङे मन्त्री छन् ।

गत जेठ २८ गते विश्वासको मत लिँदा मुख्यमन्त्री पाण्डेलाई देवकोटा र मनाङेले साथ दिएका थिए । त्यसकारण पनि उनले उनीहरूलाई हटाउन चाहेका छैनन् ।

केन्द्रमा गठबन्धन तलमाथि भइहाले पनि आफ्नो सरकार टिक्ने भएकाले एमालेले दुई मन्त्रीलाई हटाउनुपर्ने माग राखे पनि मुख्यमन्त्री पाण्डेले त्यसलाई इन्कार गरे ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु