चितवन, १२ भदौं ।
मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो देखिन्छ,उहाँले भन्नुभयो,प्रहरीले खोज्न थालेपछि सम्पर्कमा आउनुभएको छ ।’
सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल मंगलबार अपरान्ह ४ बजेदेखिनै सम्पर्कबिहिन भएका थिए । भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
त्यस्तै,
रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा आएका छन् ।
पूर्वी चितवनबाट मंगलबारदेखि परिवारको सम्पर्कमा नरहेका बालकहरु भेटिएका छन् । रत्ननगर नगरपालिका ३ घर भएका जोनी तिमिल्सिना,लभ महतो र कुश महतो आज दिउसो १२ः३० बजे सम्पर्कमा आएका हुन । उनिहरु मंगलबार साँझदेखि परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रध्यानाध्यापक रामचन्द्र महतोका अनुसार तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको भेटिएको थिए ।
आज बिहान उनिहरु परिवारको सम्पर्कमा आएको उनले बताए । लभ र कुश खैरहनी माध्यामिक विद्यालयमा अध्ययनरत छन भने जोनी आधारभुत विद्यालय बेल्सीमा कक्षा ३ मा अध्ययनरत छन । विद्यालयमा अनुशासन विपरित काम गरेको भन्दै अभिभावक ल्याएर स्कुल आउन भनेपछि विद्यार्थी सम्पर्कबिहिन भएको रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेले जानकारी दिनुभयो ।


