चितवन, ५ कात्तिक । धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु धादिङको बजार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।


