चितवन ४ भदौ । नारायणगढ- मुग्लिङ सडकखण्ड अन्तर्गत ३ नम्बर पुल नजिकै गुडिरहेको कारमाथी ढुंगा खसेर कारमा सामान्य क्षति पुगेको छ ।
निरन्तर परिरहेको वर्षासंगै आज विहान ८ बजेकाे समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५स्थित मुख्य राजमार्गकाे ३ नं. पुल नजिकै कारमाथी ढुंगा खसेको हाे ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको BAD 8322 नं. को कारमा माथिबाट ढुंगा खसेर कारमा सामान्य क्षति भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार सबैजना सुरक्षित छन् । –00–


