फेरि एकजना पुरुष नारायणी पुलबाट हामफालेर बेपत्ता, खोजी कार्य जारी

चितवन, २९ साउन । नारायणीनदीको पुलवाट फेरि एकजना पुरुष हाम फालेर बेपत्ता भएका छन् ।

 

सवा ४ बजेको समयमा पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता भएका हुन । हाम फाल्ने व्यक्ति अन्दाजी ३५ देखि ४० वर्ष उमेरको हुन सक्ने अनुमान गरिएको छ । उनको नाम, थर, वतन खेलेको छैन । पुलवाट हामफालेको देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त भएलगतै बिपद् सहितको टोली खटिएर खोजतलास गरिरहेको चितवन प्रहरीले जनाएको छ । यस अघि साउन २६ गतेपनि एकजना पुरुष पुलबाट हाम फालेर बेपत्ता छन् ।—0–

Share:

सम्बन्धित समाचारहरु