स्काउट दीक्षान्त समारोह कालिका–७ पृथ्वी माविमा सम्पन्न

चितवन,२८ असार ।– कालिका नगरपालिका वडा नम्बर ७ स्थित पृथ्वी माविमा आयोजित स्काउट दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कार्यवाहक नगरप्रमुख विमला तामाङ प्रमुख अतिथिको रुपमा सहभागी हुनुभयो।

समारोहमा विभिन्न स्काउट गतिविधिमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछाने अध्यक्षतामा आयाेजना गरिएको हाे ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथि वक्ताहरूले स्काउट आन्दोलनले विद्यार्थीहरूमा अनुशासन, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

दीक्षान्त समारोहका केही झलकहरू फोटोमार्फत प्रस्तुत गरिएको छ

—000–

 

Share:

सम्बन्धित समाचारहरु