कालिका, २८ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कालिका नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा अध्ययनरत्त विद्यार्थी एवम् शिक्षकका लागि मानसिक स्वास्थ्य युवा जागरण अभियान संचालन गरिएको छ ।
कक्षा ९ देखि १२ सम्म अध्ययनरत्त विद्यार्थी र शिक्षकलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले मानसिक रुपमा स्वास्थ्य नभए सम्म असल कामगर्न नसकिने बताउनुभयो । शरीरजस्तै मानसिक रोगी भइन्छ नगरप्रमुख रेग्मीले भन्नुभयो– मानसिक स्वास्थ्य भएमा सकारात्मक सोचको विकासहुने सम्भावनाबढी हुन्छ । त्यसैले मानसिक स्वास्थ्य कसरी बन्ने भन्ने विषयमा महत्वपूर्ण ज्ञान सिक्न सहभागि भएकाले आफुहरुले सिकेको ज्ञानलाई सबैसँग बाड्न विद्यार्थीहरुलाई उहाँले आग्रहगर्नुभयो ।
कालिकाको भोलीको भविष्य बालबालिकासँग जोडिएकाले यो नगरलाई कसरी सम्बृद्ध कालिका र सुखीकालिकाबासी बनाउन सकिन्छ भन्ने विषयमा आजको प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा व्युटिफुल माइण्ड फाउण्डेशनका अध्यक्ष एवम् वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. गिरीराज भन्तनाले मानसिक स्वास्थ्य, प्रर्वद्धन, उपचार तथा व्यवस्थापन र रोकथाम बारे कार्यपत्र प्रस्तुतगर्नुभएको थियो ।
कालिका नगरपालिकाको आयोजना तथा व्यूटिफुल माइण्ड फाउण्डेशनको प्राविधिक सहयोगमा संचालन गरिएको कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले मानसिक स्वास्थ्यप्रति युवा जागरण र तनाव व्यवस्थापन बारे टिप्स दिएका थिए ।
हाँस्नु स्वास्थ्यका लागि फाइदा छ । सधै हास्न र हसाउँन सकियो भने मानसिक तनाव व्यवस्थापनमा त्यसले ठूलो कामगर्ने भन्दै सहभागिहरुलाई हास्य कलाकार गजुरेलले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुती दिँदा सहभागिहरु पेटमिचिमिचि हाँसेका थिए ।
यस्तै फाउण्डेशनका बोर्ड सदस्य प्रेम रिमालले अनुशासन मानसिक स्वास्थ्य र वृत्ति विकासबारे प्रशिक्षणदिनुभएको थियो । यसैगरी फाउण्डेशनका बोर्ड कमल शर्मा भुसालले समेत मानसिक स्वास्थ्य आजको आवश्यकता बारे बोल्नुभएको थियो ।
सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, वरिष्टलेखा अधिकृत ऋषिप्रसाद कडुवाल, शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, राम प्रसाद अधिकारी लगायतको उपस्थिती थियो ।
((००))