चितवन, ११ साउन । संरक्षित बन्यजन्तु सालकको आखेटोपहार ओसारपसार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नुवकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ बस्ने २४ वर्षिय निरन भड्ताल, सोही ठाउँका २७ वर्षिय रामचन्द्र सुनार, सोही नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका विक्रम गहतराज, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९ का रामवहादुर मिजार, नुवाकोट जिल्लाकै साविक बागेश्वरी गाउँपालिका हाल सूर्यगढी गाफलाटे नगरपालिका वडा नं. ३ बस्ने ३१ वर्षका रामकुमार सुनार र नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २९ का रामकृष्ण मिजारलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अपेशन टोलीले विशेष सूचनाका आधारमा भरतपुरको वडा नं. ८ मा स्थित बरण्डाभार मध्यवर्ती उपभपोक्ता समितिको क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको थियो ।
बा.३८प ९३३२ नम्बरको कालो रंगको होण्डासाईन माटरसाईकलमा आइरहेका दुईजनालाई चेकजाँचगर्ने क्रममा उनीहरुको झोलाबाट संरक्षित बन्यजन्तु सालकजस्तो देखिने आखेटोपहार भेटिएको थियो । बरामद गरिएको बस्तुसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ का निरन भड्ताल र सोही वडाका रामचन्द्र सुनारलाई पक्राउ गरेको हो । अन्यलाई भने भड्ताल र सुनारले दिएको बयानको आधारमा पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

कसरी बन्यो योजना-
२०८० माघ महिनाको समयमा नुवाकोट लिखु गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक वनमा घाँस काट्न जाने क्रममा सालक मरेको अवस्थामा कृष्ण मिनार र रामवहादुर मिजारले फेला पारे । उनीहरुले मरेको सालक घर लिएर आए । घर ल्याइएको सालकको खपट महगों मूल्यमा विक्रीहुने भन्दै रामवहादुर मिजारले विक्रीका लागि विक्रम गहतराजलाई सम्पर्क गरे ।
रामवहादुर मिजारसँग कुराकानी भएपछि विक्रमले रामकुमार सुनारलाई सालकको खपड विक्रीगर्नका लागि सम्पर्क गरे । रामकुमार सुनारेले फेरि सालकको खपटा विक्रीगर्नका लागि निरन भड्ताल र रामचन्द्र सुनारलाई सम्पर्कगरी चितवन पठाए । विक्रीका लागि लैजान लागेको सूचनाका आधारमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउपरेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ (क) विपरित कार्य गरेको र सोही ऐनको दफा २६(२) अन्तर्गतको कसूर गरेकाले सोही दफा २६ को उपदफा २ बमोजिम एकलाख रुपैंयाँदेखि पाँच लाख रुपैयाँ सम्म जरिवाना वा एकवर्षदेखि दशवर्ष सम्म कैद वा दुवै सजायमाग गरी साउन ११ गते जिल्ला अदालतमा मुद्धा दायर गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।—00—


