काठमाडौं, ९ साउन । आज कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम विज्ञान विभागका अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न सबैलाई अनुरोध गरेको छ ।–00–

