नेपालबाट नदेखिने सूर्यग्रहण, सुतक नलाग्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ९ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

आश्विन कृष्ण औँसीका दिन पर्छ भन्ने कारणले सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कहिले लाग्छ भन्ने जिज्ञासा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले राखेका थिए । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नेपालबाट नदेखिने ग्रहण बार्नुपर्ने हुँदैन र यसको कुनै दोष पनि लाग्दैन ।

उनका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीहरूले बार्नुपर्ने शास्त्रीय वचन छैन ।

समितिले जनाएको अनुसार आइतबारको सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिका लगायतका देशबाट मात्र देखिनेछ ।–0–

Share:

सम्बन्धित समाचारहरु