चितवन, ५ साउन । असार २७ गतेकाे पहिराले बेपत्ता बस र यात्रुकाे खाेजीकार्यमा सहयोगगर्न चितवन आईपुगेका भारती प्राविधिक टाेलीहरूले आजदेखि खाेजीकार्य सुरु गर्दैछ ।
घटना स्थल सिमलतालमा विहान ७:३० बजेदेखि खाेजीकार्य सुरुगर्ने भनिएपनि निरन्तर पानी परिरहेका कारण टाेली अझै घटना स्थल पुगेको छैन ।
सातदिन सम्म चितवन बसेर बेपत्ता बस र यात्रु खाेज्न सहयोगगर्नेछन् ।
भारतवाट १२ जनाकाे प्राविधिक सहितकाे टाेली हिजो चितवन आईपुगेकाे हाे । सिमलतालमा पहिराेले २ वटा यात्रुबाहक बस त्रिशूलीनदीमा बगाएको दस दिन भयाे । अहिलेसम्म २५ जनाकाे शव भेटिएको छ अन्यकाे अवस्था अझै अज्ञात छ । –00–