गोलाघाट क्षेत्रको नारायणी नदीमा एकजना पुरुषको शव फेला

चितवन, २९ असार । भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ ।

 

नारायणी नदीको बाढीले पुरिएको अवस्थामा फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुलेको छैन । नारायणी नदीको पानीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । नारायणी नदीमा बेपत्ता भएको बसको यात्रु हो होइन भन्ने विषयमा पहिचान भएको छैन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुृचुल्का बनाएर शव उठाउने प्रकृया सुरु भएको जानकारी दिनुभयो ।–0–

Share:

सम्बन्धित समाचारहरु