माडी नगरपालिकाको बजेट – वडा कार्यालयहरूका लागि ९ करोड २५ लाख

माडी, १० असार । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ कूल ९ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा सम्पन्न ११औं नगरसभाबाट वडा नं १ का लागि १ करोड १० लाख, वडा नं २, ३, ६ र ७ का लागि प्रति वडा १ करोड, वडा नं ४ र ५ का लागि प्रति वडा ९० लाख र वडा नं ९ (हनुमानझुला समेत)का लागि १ करोड ४५ लाख रुपैंया विनियोजन भएको हो ।

यसबाहेक नगरसभाले शिक्षातर्फ शिक्षण सहयोग अनुदान, दिवा खाजा, निःशुल्क सेनिटरी प्याड, शिक्षक नेटवर्क लगायतका कार्यक्रम समेत गरी कूल २७ करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ कूल ८ करोड ५८ लाख ३० हजार रुपैंया छुट्याएको छ ।

यसैगरी पशुपंक्षी विकासतर्फ २ करोड ८४ लाख, कृषितर्फ २ करोड २६ लाख, बेरोजगार व्यक्तिहरुलाई श्रममा आधारित पारिश्रमिकका लागि १ करोड ३० लाख र पर्यटन विकासतर्फ ८० लाख ५० हजार विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकास अन्तरगत महिला, दलित, आदिवासी, बालबालिका, ज्येष्ठ नागरिक आदि शीर्षकमा १ करोड ३६ लाख ४१ हजार र युवा तथा खेलकूद लक्षित कार्यक्रमका लागि ४४ लाख ५० हजार तथा बिपद् व्यवस्थापनमा ७८ लाख ५० हजार रुपैंया विनियोजन रहेको छ ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु