हेटौंडा । मकवानपुरको हेटौडामा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किएको हो । दुर्घटनामा एक दर्जन बढी घाइते भएका छन्। घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ ।
सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएको र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ । दुर्घटनामा घाइते भएका बालबालिका त्रसित छन् ।
१५ जना सामान्य घाइते भएका छन् । मानवीय क्षति भएको छैन ।’