चितवन, २८ असार। होटल व्यवसायी संघ चितवनले सिमलटार पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निःशुल्क खान बस्नको व्यवस्था गर्ने भएको छ ।
पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए । बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएको बताउँदै अध्यक्ष भट्टले पहिरोमा परेर वेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान बस्न समस्या नहोस भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा निःशुल्क खान बस्नको व्यवस्था गरिएको बताए ।
बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप जस्ता अकस्मातहुने घटनाको बेला बेपत्ताहरुको खोजिकार्यमा आउँदा भनेको समयमा पैसा नहुने र पंैसा नभएकै कारण आफन्तको खोजि कार्य नरोकियोस भन्ने हेतुले वेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निशूल्क खान बस्ने व्यवस्था गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट( कृष्ण )ले हस्तार गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।



