चितवन, १७ असार । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई दिइने भाडा छुट लगायत सार्वजनिक जनचासोको विषयमा आइरहेका गुनासोहरुलाई लिएर जिल्ला प्रशासन कार्यालयमा आज बैठक बस्दै छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा हुने बैठकमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा दिइने ४५ प्रतिशत भाडा छुट नदिने गरेको गुनासोको विषयमा छलफल हुनेछ । म्याजिक र माइक्रोबासले विद्यार्थीलाई भाडा छुट नदिएको , क्षमता भन्दाबढी यात्रु बोक्नेगरेको विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार लोकमार्गमा यात्रुलाई कमसल खाना खुवाउने गरेको भन्ने गुनासोको सन्दर्भमा पनि सरोकारवालाहरुको उपस्थ्तिीमा छलफल हुनेछ ।


