वैशाख ४ स्याङ्जा । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको वडा प्रहरी कार्यालयका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा आइतवार बिहान जीप दुर्घटना भएको हो ।दुर्घटनामा जीपमा सवार १३ मध्ये अन्य ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।घाईते र मृतकलाई स्थानीय र वडाप्रहरी कार्यालयले उद्धार गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।