पर्यटनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा

काठमाडौं, असार ८

पर्यटनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको अवस्थामा आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि आन्तरिक रूपमा कसरत बढाएका छन्।

गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले पुनः एमालेमा फर्किन लागेका हुन्। भदौ ३ गतेको पार्टी विभाजनमा एकीकृत समाजवादीतर्फ लागेका उनले एमाले फर्कन प्रत्यक्षरअप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन्।

मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न पठाएका छन्। एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरू ओली निवास बालकोटमा छलफलका लागि गएको स्रोतले बताएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु