युरो कप – जर्जियाविरुद्ध फराकिलो जितसँगै स्पेन क्वार्टरफाइनलमा

काठमाण्डौं, १७ असार । जर्जियाविरुद्ध फराकिलो जीत दर्ता गर्दै स्पेनले युरो कप-२०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा गएराति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४(१ ले हराएको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।

जर्जियालाई रोविन ले नोर्मान्डले आत्मघाती गोलमार्फत् शुरूआती अग्रता दिएका थिए । १८औं मिनेटमा जर्जियाले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए ।

 

त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरे पनि खेल बराबर गर्न भने ३९औं मिनेट कुर्नुपरेको थियो । रोड्रीले गोल गरेपछि स्पेन बराबरीमा फर्किएको थियो ।

 

 

दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए । ७५औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जीत पक्का गरे ।

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।

Share:

सम्बन्धित समाचारहरु