चितवन, १४ असार ।

हिजो राती देखि परेको अविरल बर्षाका कारण खोलामा पानीको बहाब बढ्दा चितवनको माडी–ठोरी सडक अबरुद्ध भएको छ ।
चितवनको माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला र वडा नम्वर ३ र २ को सिमाना भएर बग्ने मगुई खोलामा पानीको बहाब बढ्दा सडक अबरुद्ध भएको हो ।

खोलामा आएको बाढीले माडी ठोरी चल्ने साना ठुला सवारीसाधन बाटोमानै रोकिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । उहाँले खोलामा पानीको बहाब कम भएपछि मात्र सवारीसाधन सञ्चालन हुने बताउनुभयो ।

घाँघर खोलामा पुल निर्माणको चरणमा छ भने मगुई खोलामा निर्माणाधिन पुलबाट मोटरसाइकल मात्र तार्न मिल्छ । माडी–ठोरी सडकमा पर्ने अधिकांस खहरे खोलामा बर्षेनी बर्खाको समयमा आउने बाढीका कारण सडक अबरुद्ध हुने गरेको छ ।

Share:

सम्बन्धित समाचारहरु