सन्तोषको “अर्को जुनी” यही सोमबार सार्वजनिक हुँदै

चितवन, २६ जेठ । म्यूजिक भिडियो छायांकन तथा निर्देशनमा चितवनका सन्तोष सुनार उदाउँदै गरेको आश लाग्दो युवाहुन । स्थानीय टेलिभिजनमा क्यामेरा पर्सनको रुपमा कामगर्दै आएका सन्तोष सुनार अहिले ठूलाठूला क्यामेरा चलाउन जान्ने भएका छन् । छाटो समयमा उनले यो क्षेत्रमा बेग्लै परिचय बनाउन सफल भएका छन् । उनले छायांकन तथा निर्देशन गरेको “अर्को जुनी”म्यूजिक भिडियो आगामी सोमवार श्रीकृष्ण आले नामको यूटुब च्यानलबाट सार्वजनिक हुँदैछ ।

म्यूजिक भिडियोमा पारिवारिक कथालाई प्रस्तुत गरिएको निर्देशक सुनारले बताए ।

चर्चित गायिका मेलिना राई र श्रीकृष्ण आलेको सुमधुर स्वरमा सजिएको गीतमा शब्द तथा संगीत भने राजु अर्यालको रहेको छ । गीतलाई कमल थापाले रेकर्डिङ गरेका हुन् भने मिक्सीङ तथा मास्टरीङ श्यामस्वेत रसाईलीले गरेका छन् । गीतमा गीता ढुंगाना र सुरेश देवलले अनस्क्रिन रोमान्स गरेका छन् । ओम प्रकाश अवस्थीले कलर करेक्सन गरेको गीतमा अवी वाग्ले र सुरेश देवलको कोरियोग्राफी रहेको छ ।

तीन दशक अगाडी चितवनको भरतपुर १४ शिवनगरमा जन्मिएका सन्तोष कलिलो उमेरदेखी नै कला क्षेत्र संग नजिकिए । चितवनको स्थानीय टेलिभिजनहरुमा छायाँकारको रुपमा उत्कृष्ठ कार्य सम्पादन गर्दै विगत १७ बर्ष देखि निरन्तर यहि क्षेत्रमा लागिरहदा वर्तमान अवस्थामा कुशल सिनेमेटोग्राफ़र तथा निर्देशनमा व्यस्त छन् ।

हालको दिन सम्म सयौं गीतमा सिनेमेटोग्राफी गरेका उनले करिब चार दर्जन गीतमा निर्देशन समेत गरिसकेका छन् । कामको शिलशिलामा नेपालका हिमाली तथा पहाडी क्षेत्रहरुमा समेत व्यस्त रहने सुनार निरन्तर यहि क्षेत्रमा लागिपर्ने बताउछन । “अर्को जुनी” गीतलाई आम दर्शकले मन पराउने साथै गीत करोड क्लवमा सामेल हुने उनले विश्वास लिएका छन् । गीत “श्रीकृष्ण आले” यु(ट्युब च्यानल बाट आगामी सोमबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

Share:

सम्बन्धित समाचारहरु