कालिका, ९ असार । पशुहरुमा लाग्ने लम्पि स्किन रोग विरुद्ध निशुल्क खोप अभियान आज देखि कालिका नगरपालिकामा सुरु भएको छ । यो वर्षपनि केही पशुहरुमा लम्पि स्किन रोगको लक्ष्ण देखिएको कालिका नगरपालिका पशुसेवा शाखाका इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
वडा नं. ६ को कार्यालयवाट यो वर्षको निशुल्क खोप अभियान सुरु भएको छ । किसानहरुको गोठगोठमै पुगेर पशुहरुको अवस्था बारे जानकारी लिँदै सेवा दिन प्राविधिहरु परिचालन भएका छन् । कालिकाको ११ वटै वडामा पुगेर प्राविधिहरुले निशुल्क खोप लगाउने छन् । स्थानीय पशुपालक कृषक सहकारी संस्थाहरुको समन्वय र सहकार्यमा प्राविधिकहरु किसानका गोठगोठ पुगेर सेवा दिने कालिका नगर पालिका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अघिल्लिो वर्ष देशका विभिन्न ठाउँमा लम्पि स्किन रोगले पशुहरुमा ठूलो क्षति पुगेको थियो ।
कालिका नगरपालिकामा पनि केही पशुहरु लम्पि स्किन रोगकै संक्रमणवाट मरेको थिए । यो वर्ष कुनैपनि क्षतिहुन नदिन नगरपालिकाले प्राविधिकहरुलाई फेरि परिचालन गरिएको नगर प्रमुख रेग्मीले बताउनुभयो ।
प्रदेश सरकारको सहयोगमा यो पटक पूर्ण रुपमा निशुल्क खोप लगाउन लागिएको हो । कालिकामा करिब ६ हजार गाईभैसीलाई निशुल्क खोप लगाउने योजना छ ।



–00–


