कालिका, ६ असार । कालिका नगरस्तरीय मेयरकप हाजिरी जवाफ प्रतियोगिता २०८१ मा चित्रवन बोडिङ्ग स्कुल प्रथम भएको छ । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा कालिका नगरपालिकाको सहयोगमा आयोजित नगरस्तरीय मेयरकप हाजिरी जवाफ प्रतियोगितामा पदमपुर शिक्षा निकेतन द्धितियहुन सफल भएको छ । यस्तै भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुर तृतियहुन सफल भएको छ भने चर्तुमुखी माध्यमिक विद्यालय शिक्तखोर चौथौं हुन सफल भएको छ ।
विजेता टिमलाई कप, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा सामुदायिक र संस्थागतगरी १२ वटा टिमले भाग लिएका थिए ।
प्रतियोगिताको उद्घाटन कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरपालिकाले भखरै पारित भएको नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको बताउनुभयो ।
नीति तथा कार्यक्रम तयारपार्दा अत्यन्तै महत्वपर्ण ढंगवाट ध्यान दिएकोे उहाँको भनाई छ । सम्बृद्ध कालिका र सुखीकालिकाबासी बनाउन शिक्षाको विकास अनिवार्य रहेको विषयलाई महत्वका साथ नीति तथा कार्यक्रममै समेटेर अगाडी बढ्न लागेको जानकारी दिनुभयो । विद्यालयको पहुँचवाट कोहीपनि बाहिर नबसुन भनेर मेयरसँग केयर कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो । यस्तै उपप्रमुखसँग बालबालिका कार्यक्रमपनि नीति तथा कार्यक्रममा सभावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
नगर उपप्रमुख विमला लामा विशेष अतिथि रहनुभएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचारकर्मी विर्मश कंडेलले सहजिकरणगर्नुभएको थियो ।























—00—


