काठमाडौं, १९ माघ । विश्वकप लिग- २ क्रिकेटअन्तर्गतको शृखलाका लागि नेपाली टोलीको बन्द प्रशिक्षणलाई २० खेलाडीमा सिमित गरिएको छ । आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि नेपाल क्रिकेट संघ९क्यान०ले बन्द प्रशिक्षणमा सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणका लागि २० सदस्यीय टीमको घोषणा गरेको हो ।
दोस्रो चरणको छनोटमा २० खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको हो । यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो । बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिँदै दोस्रो चरणलाई २० खेलाडी बोलाएको हो । बलात्कारको मुद्दा खेपि रहेका लामिछाने केहि हप्ता अगाडि धरौटीमा छुटेका थिए ।
त्यसपछि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरु उठेका थिए । बलत्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले पनि निलम्बन गरेको थियो । गत मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा फर्किने बाटो खोलिदिएको थियो ।