लागु औषध कारोबारी समाउन मोरङमा गोली प्रहार, एकजना घाइते

काठमाडौं, १ जेठ । प्रहरीको गोली लागेर मोरङमा एकजना घाइते भएका छन् । घाइते लागू औषध कारोवारी रहेको प्रहरीको दावी छ । उनलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरी स्रोतले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

 

उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको प्रहरी उपरीक्षक थपलियाले बताए । साथै प्रहरीले उनको साथबाट १२८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु