भरतपुर महानगर र नेपालमा उर्जा दक्षता निर्माण परियोजना बिच समझदारी पत्रमा हस्ताक्षर

– आशिष अधिकारी
भरतपुर ३०,बैशाख । भरतपुर महानगरपालिका र नेपालमा उर्जा दक्षता निर्माण परियोजना बिच आइतबार उर्जा प्रभावकारी भवन निर्माण ९उर्जा खपत० सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भरतपुर महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र परियोजनाका तर्फबाट प्रमुख डा. डेनियल नेयरले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 

भरतपुर महानगरपालिका भित्र आगामी दिनमा निर्माण गरिने सबै खालका भवनहरुलाइ कसरी उर्जा मैत्रि बनाउन सकिन्छ र उर्जा खपत कसरी गर्न सकिन्छ भन्ने बारेमा परियोजना केन्द्रित रहनेछ प्रमुख डा डेनियल नेयरले भने यो परियोजना भरतपुर महानगरपालिकाको लागि निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहनेछ । यस्ता खालका परियोजनाहरु नेपालमा भएपनी ती परियोजनाहरु बिचैमा हराएर जाने समस्याले गर्दा आम नागरिकहरुले बिश्वास गर्ने परिस्थिति नरहेको बताए । तर यो परियोजना नेपालका लागि र भरतपुर महानगरका लागि कोशेढुङ्गा सावित हुनेछ ।

 

देशका सात प्रदेश मध्ये परियोजना बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा लागू भइ काम गर्दै आइरहेको छ । तीन प्रदेशका ६० स्थानीय तहमा परियोजना सन्चालन हुनेछ । त्यस मध्ये ५० वटा स्थानीय तहले सम्झौता गरि सकेका छन् । परियोजना काठमाडौ र पोखरा पछि भरतपुर महानगरपालिकामा सन्चालन हुदैछ । भरतपुर पछि अर्को साता परियोजनाले ललितपुर महानगरपालिकासग सम्झौता गर्ने छ ।

 

हस्ताक्षर समारोहको अध्यक्षता गरेका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर जस्तो नेपालको मध्य भागमा रहेको महानगरमा यो परियोजना लागू गर्न पाउँदा महानगरबासी सबै खुशी भएको उल्लेख गरे । भरतपुर महानगरका लागि यो परियोजना अति नै आबश्यक थियोे उनले भने,अब महानगर भित्र निर्माण हुने सबै खालका भवनहरु उर्जा प्रभावकारी९उर्जा खपत० बन्नेमा आफू पुर्णतः बिश्वस्त रहेको पनि प्रष्ट पारे । उप प्रमुख अधिकारीले महानगरमा दिनप्रतिदिन नयाँ नयाँ योजना तथा परियोजनाहरु लागू भएको बताउदै यस्ता परियोजनाहरुबाट आएको प्रतिफल दिगो हुने जिकिर पनि गरे ।

 

हस्ताक्षर समारोहमा भरतपुर महानगरका महाशाखा प्रमुख,शाखा प्रमुख,इन्जिनियरहरु र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियोे ।

 

 

Share:

सम्बन्धित समाचारहरु