नगरक्षेत्रभित्र सञ्चालित विकास निर्माणको अवस्थाबारे कालिकाले अनुगमनगर्दै

कालिका, १३ असार । नगरक्षेत्रभित्र सञ्चालित विकास निर्माणको अवस्थाबारे कालिका नगरपालिकाले अनुगन गरेको छ ।

आर्थिक वर्षको अन्त्यतिर केही विकास निर्माणका योजनाहरुको काम जारी भएकाले नगरपालिकाले अनुगमन गरेको हो । संघीय सरकार, प्रदेश सरकार एवम् नगरपालिकाको आफ्नै आन्तरिक बजेटको योजनाहरुको अवस्था बुझ्न अनुगमनगर्ने काम भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो ।

अनुगमन समितिका संयोजक समेत रहनुभएकी नगरकी उपप्रमुख विमला तमाङ सहितको टोलीले नगरक्षेत्रमा भइरहेका विकास निर्माणको स्थलगत अनुगमन गरेको हो । कालिकाको वडा नं. ६ र रत्ननगरको वडा नं. १५ स्थ्ति सीमाक्षेत्र स्थ्ति बुढिकुलोमा निर्माण भइरहेको कल्वर्टको अवस्था बारे जानकारी लिन अनुगमन गरेको छ ।

यस्तै नगरक्षेत्रभित्र भइरहेको पाइप लाईन तथा चेम्बर विस्तारको कामबारेपनि टोलीले अनुगमन गरेको छ । वडा नं. ५ को बोटेटोल, भीमवली पार्क, मरचौली टोल विकास संस्था लगायतका क्षेत्रहरुमा भइरहेको सिंचाई बोरिङको कामबारेपनि स्थलगत अनुगमन गरिएको अनुगमन समितिका संयोजक तामाङले जानकारी दिनुभयो । यस्तै जिल्ला समन्वय समिति चितवनका प्रमुख सहित कालिका नगरपालिकाको अनुगमन समितिको टिमले बुङखोला र थाङखोलामा भइरहेको विकास निर्माणको अनुगमन गरेको छ । यस्तै वडा नं. २ मा भइरहेको सतही सिंचाईको कामको अवस्था बारेपनि टोलीले अनुगमन गरेको छ ।

विकास निर्माणको काममा भइरहेको ढिलासुस्ती, गुणस्तरियता, मापदण्ड अनुसार छ या छैन लगायतका विषयलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको अनुगमन समिति सदस्य शान्ति महतोले जानकारी दिनुभयो । सम्झौता अनुसार काम भए नभएको विषयमा अनुगमन टोलीले ध्यान दिएको छ उनले भनिन कमसल कामगर्ने ठेकेदार या उपभोक्ता समितिसबैलाई भुक्तानीदिन रोक्नेछौं ।

अनुगमन समिति संयोजक विमला तमाङले अझै केही योजनाहरुको अनुगमनगर्न बाँकी रहेको जानकारी दिनुभयो । सबै योजनाहरुको अनुगमन सकिएपछि अनुगमनको क्रममा देखिएको अवस्था बारे सार्वजनिक गरिने बताउनुभयो । अहिले अनुगमनकै क्रममा छौं उहाँले भन्नुभयो–अनुगमन सकिएपछि नगरक्षेत्रभित्र भइरहेका कामहरुको अवस्थाबारे सार्वजनिक गर्ने छौं ।

 

 

––00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु