महोत्तरीको मठिहानीमा भीषण आगलागी, एकसयबढी घर जलेर नष्ट, दशवटा दकमल आगोनिभाउँदै

जनकपुरधाम, १२ बैशाख । महोत्तरीको मठिहानी नगरपालिका( ६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । हावा तीव्र गतिमा चलिरहेकाले आगो नियन्त्रणका लागि कठिन भएको स्थानीयले जानकारी दिए । बस्तीमै आगो लागेपछि पीडितहरुको पनि भागाभाग मच्चिएको छ ।

 

आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट पुगेको दशवटा बारुणयन्त्र (दमकमल)ले प्रयास गरिरहेको छ ।  स्थानीय र तीनसयबढी सुरक्षाकर्मीहरु पनि आगो नियन्त्रणका लागि प्रयास गरिरहेको भएपनि यो समाचार तयारपार्दा सम्म आगो नियन्त्रणमा आइसकेको छैन ।

 

 

 

 

Share:

सम्बन्धित समाचारहरु