चितवन, २९ चैत्र । विश्भरका मानिसहरु शौखिन बन्दै गएका छन् । मानिसहरुको इच्छा अनुसार विश्वमा किनमेलगर्ने क्रम प्रविधिमैत्री बन्दै गएको छ । आफुले चाहेको सामान घर सम्मै पुग्छ भन्ने मानिसले कल्पना समेत गरेका थिएनन । तर अहिले विश्वबजार प्रविधिमैत्री बन्दै गइरहेको छ । आम नागरिकले सोचेको भन्दा उच्चगतीमा प्रविधिले फड्को मार्दै गइरहेको छ । उपभोक्ताहरु घरमै वसिवसि अनलाईन मार्फत उपभोग्य सामान किनेर उपभोग गरिरहेको कुरा अहिले नेपालमा पनि नौलो रहेन।
विश्व वजारमा उत्पादित सामानलाई नेपालको दुरदराजसम्म पुर्याउने र स्थानीय तहमा उत्पादित सामानलाई समेत विश्ववजारमा पुर्याउने मुख्य लक्ष्य लिएर स्थापना भएको जगतपुर ई वजारले आज एक कार्यक्रमकाबीच व्यवसायको अौपचारिक उद्घाटन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले उद्घाटन गर्नुभएको हो ।
व्यवसाय नाफामुखि रुपमा मात्र चलाउने परम्परालाई तोड्दै सोहि कार्यक्रमकैबीच व्लड डोनर्स सोसाईटी नेपालसँग आधिकारिक सम्झौता गर्दै ई व्लड वैक सर्भिस समेत सँगसँगै अघि वढाउने गरि कार्य प्रारम्भ गरेको छ। अब मोवाईल एप्लिकेशन मार्फत व्लड दिने र लिने दुवैले यसको भरपुर उपयोग गर्न सक्नेछन। उद्घाटन कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले यस्ता खालका सृजनात्मक गतिविधिले आम नागरिकलाई सहज हुने बताउनुभयो ।
विजनेशमा पनि नयाँ अभ्यास सुरु भएकोमा बधाई ज्ञापनगर्दै मन्त्री थपलियाले यसको मार्केटिङ राम्रोसँग गर्न सके यसको सम्भावना राम्रो रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी विशिष्ठ ,नेपाली कांग्रेस चितवन सभापती राजेश्वर खनाल, नेकपा(एमाले) चितवन अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टि चितवन सभापती कृष्णप्रसाद भुषाल, नेकपा(एमाले) चितवन उपाध्यक्ष कमलराज पाठक, व्लड डोनर्स सोसाईटी नेपालका अध्यक्ष अर्जुन अधिकारी, नेपाल रेडक्रस सोसाईटी चितवन अध्यक्ष हरि पौडेल लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो। रक्तदान क्षेत्रमा योगदान पुर्याउन सक्ने राजनैतिक पार्टिका भातृसंगठनका नेताहरु लगायतको उपस्थितिले कार्यक्रमलाई थप रौनकता दिएको थियो। उपाध्यक्ष फणिन्द्र अधिकारीले स्वागत मन्तव्य, कोषाध्यक्ष त्रिदेव ढुंगानाले विषयवस्तु प्रष्ट पारेका थिए भने कार्यक्रम पदम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।






—–00—–

