नेकपा एमाले वडा अधिवेशनः कालिका वडा नं. १ मा बलराम श्रेष्ठ अध्यक्षमा चयन,जेष्ठ नागरिकलाई सम्मान

कालिका, १८ चैत्र। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका-१ को वडा अधिवेशनले बलराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्य नयाँ कमिटी गठन गरेको छ । गडुवा स्थित खेल मैदानमा आज आयोजना गरिएको दोस्रो वडा अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा १७ सदस्य नयाँ कालिका-१ वडा कमिटी गठन गरिएको हो ।

जस्को उपाध्यक्ष पवित्र लामा, सचिव रुपेन्द्र स्याङ्दान, उपसचिव साबित्री चापागाई, सन्देश राई र सदस्यहरुमा टुकमाया सोती, एन्जिला श्रेष्ठ, ढोलनाथ चापागाई, लक्ष्मी परियार, मोतिमाया वि।क, आशा तामाङ, जीवन लामा, सरस्वती खत्री, खगेन्द्र शर्मा चापागाई, काजिमान मगर, शर्मिला चापागाई, पंचविर घिसिङ सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कहि कतै पनि विचलित नभएर गौरव गर्न लायक पार्टी एमालेमा सक्रिए भएर लाग्न अनुरोध गरे । कालिकाका हरेक समस्याहरु बिस्तारै बिस्तारै नेकपा एमालेले समाधान गर्दै गईरहेको बताए ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष कमल पाठक, एमाले जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश २ (क) का ईन्चार्ज बिनोद रेग्मी, नगर कमिटी अध्यक्ष केशव लामा, प्रदेश कमिटी सदस्य तथा जनतासंग एमाले अभियान २०८० का संयोजक खुमनारायण श्रेष्ठ, ऐमाले जिल्ला कमिटी सदस्य तथा कार्यक्रमकी सह संयोजक बिमला तामाङ, कालिका नगर कमिटीका अध्यक्ष जिवन थापा मगर नगर कमिटी तथा वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कालिका-१ वडा कमिटीका सचिव बलराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनमा ७० वर्ष नाघेका नागरिकहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संगठन विस्तारमा लामो समयदेखि योगदान दिनुहुने २ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।

—00–

 

Share:

सम्बन्धित समाचारहरु