पोखरा, ४ चैत । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको छ। आइतबार बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको निर्णय अनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो। पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि प्रदेश तथा महानरपालिकाले गरेको सिफारिसलाई संघीय सरकारले भने अनुमोदन गरेको छैन। तर प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा सहभागी भएर पर्यटकीय राजधानी भनेर घोषणा भइसक्यो ।
कास्कीको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिसकेको छ।–00–


