चितवनमा दुई स्थानमा पहिरो, पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

 चितवन । चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न भाग अवरुद्ध भएका छन्।

शनिबार बिहान करिब ६:४० बजे इच्छाकामना–५ तुइनखोलामा सुख्खा पहिरो खसेको छ भने इच्छाकामना–४ घोप्टे भिर र इच्छाकामना–३ पानिधारा स्थितमा लेदो सहितको पहिरो खसेर पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।–00—

फाइल तस्विर

Share:

सम्बन्धित समाचारहरु