चितवन, १८ फागुन । भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन समारोहमा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुती दिँदैछन् ।
घुमौं भरतपुर भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमणवर्षको उद्घाटन कार्यक्रमलाई उत्सवको रुपमा लिइएकोले कार्यक्रममा भाषण मात्रै नभई विभिन्न सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीहेर्न सकिनेगरी व्यस्थापन गरिएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
बद्री पंगेनी, समिक्षा अधिकारी, एलिना चौहान, हास्य कलाकार सन्दीप क्षेत्री लगायत अन्य चर्चीत कलाकारहरुको प्रस्तुतीहेर्न पाइनेछ । नारायणी नदी किनारमा दिउँसो १ बजे उद्घाटन कार्यक्रमसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहेर्न पाइने भरतपुर महानगरले जनाएको छ ।–00–


