चितवन, १४ फागुन । नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । शव बग्दै आइरहेको सूचनाको आधारमा बिपद् सहितको प्रहरीटोलीले नारायणीनदी पुलमुनिवाट शब बाहिर निकालेको हो ।
अन्दाजी ४५, ५० वर्षको पुरुषले कालो जकेट र ट्राउजर सेट लगाएका छन् । उनको पहिचान भएको छैन । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


