प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौ, २४ माघ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ ।

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ ।

आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने क्यालेन्डरमा उल्लेख छ ।

Share:

सम्बन्धित समाचारहरु