राष्ट्रियगानको सुरुमा रहेको धुन ठिक छैन – केपी ओली

बीरगञ्ज । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन्।

 

अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनलाई संवोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए । ुराष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य पनि शब्दकै धुनबाट हुनपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्ने बताए । उनले त्यो सच्याउन सरकारलाई आग्रह गरे ।

 

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायका लागि ओबिसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताए।

महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु