प्रचण्डको दाबी : गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न कसैले नसक्ने दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, मान्यता तथा मर्मभन्दा बाहिर जान खोजिरहेको आरोप लगाए । सरकारको यस्तो गतिविधि देश र जनताका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।

‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ । यो निकै चिन्ताको विषय छ देश र जनताको लागि पनि । गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन,’ प्रचण्डले भने ।

यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) परिवर्तनको विषय अदालतमा पुगिसकेकाले यसबारे अदालतले नै निर्णय गर्ने उनले बताए ।

Share:

सम्बन्धित समाचारहरु