कालिका, १३ माघ । कालिका नगरपालिकामा एकदिन लाेकसेवा तयारी सम्बन्धी अभिमुखिकरण तालिम आयाेजना गरिएको छ ।
कार्यक्रमलाई कालिका नगरपालिकाका कावा नगर प्रमुख विमला तामाङले उद्घाटनगर्नुभयाे ।
उद्घाटन कार्यक्रमलाई संवाेधनगर्दै कावा नगर प्रमुख तामाङले लाेकसेवा प्रति युवाहरूकाे आर्कषण बढाउन नगरपालिकाले एकदिने अभिमुखिकरण तालिम आयाेजना गरिएकाे बताउनुभयाे । यहाँ पढिरहेका भाइ वहिनीहरू धमाधम विदेशीनुमात्रै समस्याको सामाधान नभएको उहाँको भनाई छ । लाेकसेवाप्रति युवाहरूको आकर्षण बढाउन सके बढ्दाे बेरोजगारी न्यूनीकरणमा थाेरै सहजतहुने उहाँले बताउनुभयो ।
याेग्यता पुगेका भाइ वहिनीहरूलाई लाेकसेवा आयाेगकाे परीक्षा दिएर देशकाे सेवामा लाग्न सके समृद्ध नेपाल बनाउने युवाहरूकाे भूमिका पनि देखिने उहाँकाे तर्क थियोे । यस्ता विद्यार्थीलाई नगरपालिकाले सहयोगगर्ने समेत उहाँले स्पष्टपार्नुभयाे ।
नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गाैतमकाे अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा नगरका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले सहजिकरण गरिरहनुभएकाे छ ।
कार्यक्रममा १२ कक्षा पास गरेका विद्यार्थी, पाँचौ तहका लागि याेग्यता पुग्ने विद्यार्थीहरू सहभागी छन् ।



