खाल्डोमा पारेर गैंडा मारी खाग बेचेको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक

चितवन, १४ मंसिर । खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्उालयले जनाएको छ । सार्वजनिक गर्ने कार्यक्रमामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगना नै उपस्थित थिए ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती(९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी(६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ(९ मुल घरभइ हेटौंडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ ।

उनीहरू पनि नौ गते नै राप्ती-६ बाट समातिएका हुन् । गैंडाको खाग पनि राप्ती-६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटौंडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नौ गते समातिएका हुन् ।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु