भष्टचार विरुद्धका फाइल फेरि खोल्ने रवि लामिछानेको उद्घोष

रत्ननगर, १ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सरकार चलाउने अबसर पाए वर्तमान सरकारले रोकेका भष्टचार विरुद्धका फाईल फेरि खोल्ने बताएका छन् ।

सो पार्टीको रत्ननगर नगर समितिले शान्तिचोकका बुधबार आयोजना गरेको खुल्ला सभामा उनले २०८४ को निर्वाचनपछि रास्वपाले सरकार चलाउने दावी गर्दै त्यसपछि भ्रष्टाचार विरुद्धका फाईल खोल्ने बताए । ललिला निवास, सुन काण्ड, ओम्नी खरिदमा भएको भष्टचारमा पूर्वप्रधानमन्त्री तानिने संकेत देखापरेपछि सरकारले फाईल रोकेको भन्दै उनले आफ्नो पार्टीलाई सरकार चलाउने अबसर प्राप्त भएपछि रोकिएका फाइल खोल्ने र सबैलाई कानुनी दायरामा ल्याउने बताए ।

देशमा मौलाएको राजनीतिक बेथिति अन्त्य गर्ने अन्तिम मौका ८४ को चुनाव भएको भन्दै उनले उक्त निर्बाचनमा रास्वपाले बहुमत ल्याउने दावी गरे । पैसा कमाउन होइन देश बनाउन आएका हौं उनले भने विकासका मोडलमा देशलाई नम्बर वान बनाउछौं । सभापति लामिछानेले आगामी निर्वाचनमा बहुमत दिएर सरकार चलाउने अबसर पाए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशको छवि उच्च बनाउदै इज्जत राख्ने बताए ।

वर्तमान सरकारले रास्वपाले जितेका निर्वाचन क्षेत्रमा बजेट रोकेको भन्दै उनले सरकारको नियतबसको कामले उनीहरुलाई नै जनताको बीचमा अलोकप्रिय बनाएको बताए । हामीलाई काम गर्नै दिएका छैनन् उनले भने जतासुकैबाट रोक्ने कोसिस गरिएको छ । चितवन क्षेत्र नं २ का सांसद समेत रहेका लामिछानेले भरतपुरमा सुरु गरिएको ब्लु बस समेत रोक्ने चलखेल सुरु भएको बताए । चितवनमा राम्रो कामको सुरुवात गरेका थियौं उनले भने जनताले सुख पाए भनेर त्यही पनि रोक्न खोजिएको छ । उनले र अर्काे चुनावको लागि नभई अर्काे पुस्ताको भविश्यको लागि रास्वपाको जन्म भएको बताए ।

हामी अर्काे पुस्ताको भविश्यको लागि राजनीतिमा आएका हौं उनले भने अहिले हामीले देशको मार्गचित्र कोर्दैछौं । अहिले सरकारसंग आश गर्ने ठाउँ नरहेको भन्दै मुलुक निर्माणको लागि ढुक्क भएर रास्वपालाई साथ दिन आग्रह गरे । सांसद डा. स्वणिम वाग्लेले ठुला दलहरुका शीर्ष नेताहरुले राजनीतिलाई पूर्णकालिन पेशा बनाएका कारण देशमा कुसस्कार मौलाएको बताए । मुलुक शान्तिपूर्ण क्रान्तिको पर्खाइमा रहेको भन्दै उनले त्यसका लागि तयार हुन आह्वान गरे । देशलाई भ्रष्टाचार मुक्त बनाउन शान्तिपूर्ण क्रान्ति चाहिएको भन्दै उनले त्यसको नेतृत्व रास्वपाले गर्ने बताए । अब भ्रष्टचार विरुद्ध शान्तिपूर्ण क्रान्ति आवश्यक छ उनले यसो नगरी देश बन्दैन् ।

महङगो चुनावी प्रणालीका कारण भष्टचार मौलाएको भन्दै उनले चुनाबलाई कम खर्चिलो बनाउने गरी रास्वपाले योजना बनाएको बताए । देशमा मौलाएको कुसस्कारको अन्त्य गर्न आफु राजनीतिमा आएको भन्दै उनले जसरी पनि देशलाई सही दिशामा लैजाने बताए । ठुलादलहरुबाट देश नबन्ने देखियो उनले भने देश बनाउन हामी आएका हौं । बार्षिक रुपमा नौं लाख नागरिक विदेशिने गरेको भन्दै उनले देशमा सम्भावनाको खोजी गरेर उनीहरुलाई रोक्ने योजना सरकारले बनाउन नसकेको उनले बताए ।

सांसद सविता गौतमले अब नेताको होइन जनता कस्तो हुनुपर्छ भनेर बहस चलाउनु पर्ने अबस्था आएको बताए । देशलाई डुवाउने ठुला नेतालाई विश्वास गर्ने हामी जनता अब कस्तो हुनुपर्छ भनेर राष्ट्रिय रुपमा बहस चलाउने र उनीहरुलाई मुलुकप्रतिको चिन्ता दर्साउनु पर्ने उनको भनाई छ । कार्यक्रममा सांसद हरि ढकालले पूर्वी चितवनको विकासका लागि सांसदमा दमदार कुरा उठाउदै आएको भन्दै यहाको विकासका लागि ७४ करोड रुपैया बराबरको योजना पारेको बताए ।

केन्द्रीय सदस्य ध्रुव गिरीले ठुला दलहरु सरकार चलाउन असफल सावित भइसकेको बताए । जताततै भ्रष्टचार छ,बेतिथि छ उनले भने जनतामा निरासा भन्दा केही छैन । उनले मुल्यबृद्धिका कारण जनजीविकामा गम्भिर असर परेको उल्लेख गरे । कार्यक्रममा धार्मिक व्यक्तित्व जगदिशचन्द्र शर्मा सहित करिब १०० जना रास्वपामा प्रवेश गरेको नगर समितिका सभापति रामनाथ भट्टराईले जानकारी दिए । कार्यक्रम सो पार्टीको वडा नं ३ का वडासंयोजक कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु